माछापुच्छ्रे बैंकको दशैं अफरः डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

कोरोनाको जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिनदेखि पूूर्णिमासम्म बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम थ्री) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्रांहक महानुुभावहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा लेख्नुुपर्नेछ ।

उक्त क्यासव्याक पूूर्णिमापछि ग्राहकमहको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ । बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०-२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।


क्लिकमान्डु