मञ्जुश्री फाइनान्स ऋणपत्र निष्कासन गर्दै, बैंकको भन्दा बढी ब्याज ?



काठमाडौं । मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ‘९.५% मञ्जुश्री फाइनान्स ऋणपत्र २०८५’ जारी गर्नको लागि बोर्डमा आवेदन दिएको छ ।

फाइनान्सले ८ वर्षको लागि ५० करोड रुपैयाँको ५ लाख कित्त सेयर ऋणपत्र जारी गर्न लागेको हो । यसको ब्याजदर ९.५ प्रतिशत रहेको छ । यो ब्याजदर बैंकहरुको ऋणपत्रको भन्दा बढी हो । पछिल्लो समयमा ऋणपत्र जारी गर्न लागेका बैंकहरुको ब्याज यो भन्दा पनि कम हुने गरेको छ ।

५ लाख कित्तामध्ये २ लाख कित्तामा सर्वसाधारणल आवेदन दिन सक्नेछन भने बाँकी रहेको ३ लाख कित्ता फाइनान्सले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

फाइनान्सको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
बोर्डले अनुमति दिएपछि फाइनान्सले उक्त ऋणपत्र जारी गर्ने छ ।


क्लिकमान्डु