सेन्चुरी बैंकले ऋणपत्र जारी गर्ने, कति छ ब्याजदर ?



काठमाडौं । सेन्चुरी बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘सेन्चुरी बैंक ९% सेन्चुरी ऋणपत्र २०८५’ जारी गर्नको लागि अनुमति लिन धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले २ अर्ब २० करोड रुपैयाँको २२ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । २२ लाख कित्तामा ८ लाख ८० हजार कित्ता सर्वसाधारण र १३ लाख २० हजार कित्ता सेयर बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ ।

१० वर्षको लागि जारी हुन लागेको ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र जारी गर्ने छ ।


क्लिकमान्डु