पोषणविद् डा. मनसा थापा ठकुराठीको सुझावः कोरोनाबाट बच्दै दशैंमा के खाने ?



काठमाडौं । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिएकी छन् ।

दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताइन् ।

खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ ।

कोभिड १९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उनले जोड दिइन ।

मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठीक मात्रामा खान आग्रह गरिन् । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिडाइजन्य बस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उनको भनाइ छ ।

छोटो अवधिमा अनियन्त्रिक किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभई रोगब्याधी समेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीको भनाइ छ ।

मोटोपन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनिको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनले बताइन् ।
दशैंका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिकरुपमा गर्न पनि उनको सुझाव छ ।


क्लिकमान्डु