नासाले चन्द्रमामा फोजी नेटवर्क शुरु गर्ने, जिम्मा नोकियालाई



नासाले चन्द्रमा पहिलो सेलुलर नेटवर्क बनाउनका लागि नोकियालाई छनोट गरेको छ ।

फिनिस कम्पनी नोकियाले सोमबार अमेरिकी अन्तरिक्ष एजेन्सीको भविष्यका योजना बनाइरहेको बताउँदै चन्द्रमामा सन् २०२४ सम्ममा मानव बस्ती बनाउने योजना बनाएको बताएको छ ।

त्यसैअन्तर्गत सन् २०२२ को अन्तिमसम्ममा नेवटर्क तयार पार्नेछ । नोकियाले अन्तरिक्षमा पहिलो वायरलेस ब्रान्डब्यान्ड कम्युनिकेशन सिस्टम सन् २०२२ को अन्तिमसम्म चन्द्रमाको सतहमा बनाउनेछ ।

कम्पनीले यसका लागि टेक्सासमा रहेको निजी क्राफ्ट डिजाइन कम्पनी इन्टुएटिभ मेसिनका साथ साझेदारी गर्नेछ । जसले नोकियाको इक्विपमेन्टलाई चन्द्रमासम्म पुर्याउनेछ ।

नेटवर्कले आफैले कन्फिगेरेसन गर्नेछ र चन्द्रमामा फोर जी कम्युनिकेसन सिस्टम स्थापित हुनेछ । नोकियाले उद्देश्य भने फाइभ जी स्वीच गर्ने हुने बताएको छ ।

कम्पनीका अनुसार नेटवर्क अन्तरिक्ष यात्रीहरुलाई आवाज र भिडियो कम्युनिकेशन गर्न पाउनेछन् । साथै टेलिमेट्रि तथा बायोमेट्रिक डेटा एक्सचेञ्ज तथा रोबर्स गर्न र अन्य रोबोटिक डिभाइस राख्न र रिमोर्टबाट कन्ट्रोल गर्न समेत अनुमति दिनेछ ।

नेटवर्कले विषम परिस्थितीमा पनि काम गर्नेछ । नेटवर्कलाई चन्द्रमामा लञ्च र ल्यान्ड गर्नका लागि समेत सामना गर्ने गरी निर्माण गरिएको छ ।


क्लिकमान्डु