राष्ट्र बैंकले ११ अर्ब २० करोड आन्तरिक ऋण उठाउने



काठमाडौं । राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ९१ दिनको लागि २० करोड रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो बिल माघ ६ गते परिपक्व हुनेछ । यस्तै, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल आगामी वैशाख ७ गते परिपक्व हुनेछ भने ३६४ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुँनेछ ।

यसको अवधि १ वर्षपछि अर्थात २०७८ कात्तिक २ गते परिपक्व हुनेछ । उक्त बिल मंगलबार जारी हुने भने सोमबार दिउँसो ३ बजे बोलकबोल हुँनेछ ।


क्लिकमान्डु