एनएमबि बैंकको ग्राहकले सामसुङ मोबाइल किन्दा बिशेष छुट पाउने



काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच एनएमबि बैंकका ग्राहकहरुले सामसुङ ब्राण्डको मोबाइल खरिद गर्दा एनएमबि बैंकको कार्ड प्रयोग गरेमा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता पाउने भएका छन् ।

यस समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरे ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले सामसुङ मोबाइलको खरिदमा १० प्रतिशत छुट वा रु १ हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ बिस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकलाईसेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु