कोभिडसँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव



वीर अस्पतालमा संक्रमितले खाने खाना

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् ।

आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने हुन्छ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विषाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनको सुझाव छ । त्यस्तै ब्रोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् ।

ब्रोइलर कुखुरामा धेरै एन्टिबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै खसीबोकाको मासु पनि कम खानुपर्ने उनको सुझाव छ ।

त्यसका साथै कोल्ड ड्रिग्सलगायत पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे । उनले दिनका एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने बताए ।

त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिए । सादा खाना खान र सरिरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खानपनि उनको सुझाव छ ।

शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनको तर्क छ । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत सरिरमा फाइदा पुग्ने उनको भनाइ छ ।

योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंका बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउन सुझाव दिए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने उनको भनाइ छ ।

घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।


क्लिकमान्डु