एप्पलको आइफोन १२ सार्वजनिक, कति पर्ला मूल्य ?



अमेरिकी टेक कम्पनी एप्पलले आइफोन-१२ को सिरिज लञ्च गरेको छ । जसमा कम्पनीले ४ वटा मोडल बजारमा ल्याएको छ ।
मंगलबार एक डिजिटल इभेन्टमार्फत् कम्पनीले उक्त घोषणा गरेको हो ।  एप्पल कम्पनीले आइफोन-१२ मा ५ जी नेटवर्क हुने समेत बताएको छ ।
कम्पनीका प्रमुख टिम कुकले यसबारेमा पुष्टि गर्दै भने, ‘हामीले मयाँ आइफोनको पूरा लाइनअपमा ५ जी ल्याएका छौं । र, यो आइफोनका लागि एक नयाँ युगको शुरुवात हो ।’
एप्पलले आइफोन-१२ ( ६४, १२८, २५६ जीबी स्टोरेज), आइफोन १२ मिनी (६४, १२८ तथा २५६ जीबी स्टोरेज) का साथै आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज) र आइफोन १२ प्रो म्याक्स (१२८,२५६ ) ५१३ जीबी स्टोरेज) लञ्च गरेको छ ।
कति होला मूल्य ?
नेपाली बजारसम्म आइपुग्दा यसको पक्कै पनि केही बढी हुन्छ । तर भारतमा यसको मूल्य ७० हजार भारुदेखि १ लाख ३० हजार भारुसम्म हुनेछ ।
आइफोन १२ मिनीको मूल्य ७० हजार भारु, आइफोन १२ को मूल्य ७९ हजार ९००, आइफोन प्रोको मूल्य १ लाख १९ हजार ९०० भारु, आइफोन १२ प्रो म्याक्सको मूल्य १ लाख २९ हजार ९०० भारु पर्नेछ ।
६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनी तो मूल्य भारतमा ६९,९०० भारु हुनेछ । तर यही फोन २५६ जीबी स्टोरेजको भने ८४, ९०० भारु पर्नेछ । तयस्तै ५१२ जीबी स्टोरेज भएको आइफोन १२ प्रो म्याक्सको मूल्य १, ५९,९०० भारु पर्नेछ ।
त्यस्तै आइफोन १२ मिनी ५  जी नेटवर्क भएको विश्वको सबैभन्दा सानो फोन हो ।
बजारमा कहिलेसम्म आइपुग्छ ? आइफोन १२ मिनीको प्रि अर्डर ६ नोभेम्बरदेखि शुरु हुनेछ भने १३ नोभेम्बरदेखि उपलब्ध हुनेछ ।
आइफोन १२ र आइफोन १३ प्रोको प्रि अर्डर १६ अक्टुबरदेखि शुरु हुनेछ भने २३ अक्टुबरदेखि उपलब्ध हुनेछ ।
त्यसैगरी आइफोन ११ प्रो म्याक्सको प्रि अर्डर १४ नोभेम्बरदेखि शुरु भइ २० नोभेम्बरदेखि उपलब्ध हुनेछ ।
गत वर्ष कोरोना तथा आर्थिक सुस्तीका कारण विश्वभर बजारमा सुस्तता आए पनि एप्पलको बिक्री भने बढेको थियो । कम्पनीले सन् २०१४ मा आइफोन ६ लञ्च गरेको थियो । त्यसपछि आइफोन १३ सम्म आइपुग्दा अनेकन विशेषता थपिएका छन् ।
एप्पलका प्रमुख टिम कुकले भने, ५ जी नेटवर्कका कारण डाउनलोड र अपलोडमा नयाँ स्तरको पर्फर्मेन्स दिनेछ । भिडियो क्वालिटी उच्च स्तरको हुनेछ भने गेम पनि निकै राम्रो हुनेछ । साथै अन्य सुविधा पनि थपिनेछन् ।
स्क्रिन साइजमा परिवर्तन आइफोन १३ प्रोको स्क्रिन पहिलेको आइफोनको तुलनामा ठूलो छ । तर पहिलो पटक नयाँ आइफोनमा होडफोन र चार्जर हुने छैन ।
कम्पनीले पर्यावरणमा यसतो प्रभाव कम गर्नका लागि यसो गरिएको दावी गरेको छ । कम्पनीका अनुसार आइफोन १२ को स्क्रिन ६.१ इञ्चको हुनेछ । तर पहिलेको तुलनामा यो ११ प्रतिशतले पातलो हुनेछ भने १६ प्रतिशत हलुका हुनेछ । यसको स्क्रिनको रेजुलोसन धेरै हुनेछ भने यसमा सिरमिक शिल्ड प्रयोग गरिएको छ । आइफोन १२ प्रोको स्क्रिन ६.१ इञ्च हुनेछ जबकी आइफोन १२ प्रो म्याक्सको स्क्रिन ६.७ इञ्चको हुनेछ । यसमा पहिलो पटक ए-१४ बायोनिक चिप प्रयोग गरिएको छ । जुन ५ न्यानोमिटर प्रोसेसरमा बनाइएको छ । यसले तस्बिरलाई अझ राम्र बनाउने छ ।
फ्ल्यास बिना रातिमा सेल्फी
कम्पनीका अनुसार नयाँ आइफोनबाट रातिमा सेल्फी लिँदा फ्ल्यासको आवश्यकता पर्ने छैन । नाइट मोड सेल्फीमै काम गर्नेछ । यसका साथै कलर कन्ट्रास्ट तथा आवाजमा पनि नयाँ विशेषता थप गरिएको छ ।
आइफोन १२ मा १२ मेगापिक्सलका २ वटा वाइड एंगल क्यामरा छन् । कम्पनीका कारण कम प्रकाश भएको ठाउँमा पनि राम्रो तस्बिर क्लिक गर्न सकिनेछ । जहाँसम्म भिडियो रेकर्डिङको विषय छ, आइफोन १२ मा नाइट मोडमा ल्याप्स फिचर समेत दिइएको छ । जसले कम प्रकाश भएको ठाउँमा पनि राम्रो भिडियो रेकर्ड गर्न सकिने कम्पनीको दावी छ ।
५ जी नेटवर्क
सामसुङले पहिलो पटक फेव्रुअरीमा ५ जी नेटवर्क भएको ग्यालेक्सी एस१० लञ्च गरेको थियो । त्यसपछि ख्वावे वन-प्लस र गुगललै पनि 5जी भएको मोबाइल लञ्च गरेको थियो ।
तर विशेषज्ञहकु यस्तो फिचरमा मानिसहरुको रुचि बढेको बताएका छन् ।
टेक अनुसन्धान कम्पनी फरेस्टरका थोमस हसनका अनुसार ‘एप्पल कुनै पनि विशेषता थप गर्नुअघि त्यसको परिपक्कता हुनका लागि पर्खन्छ । ताकी कम्पनी ग्राहकलाई नयाँ अनुभव प्रदान गर्न सकियोस ।’
एप्पलका अनुसार कमापनीले ५ जी मा ३.५ गीगाबाइट्स प्रति सेकेन्डको स्पीडका साथ परीक्षण गरिसकेको छ । यसको अर्थ करिब २० गीगाबाइट्स भएको कुन फिल्म मात्र ४५ सेकेन्डमा डाउनलोड गर्न सकिन्छ ।
फ्युचर कन्सल्टेन्सीका स्टेफन मियर्सका अनुसार ब्याट्रू बचाउनका लागि आइफोन १२ को ४ जी तथा ५  जीका बीच स्वीच गर्ने क्षमतामा भर पर्नेछ ।
तर कम्पनीका अनुसार ग्राहकहरुको अनुभव नेटवर्क तथा क्षेत्रका हिसाबले फरक हुनेछ । र, ५ जी हरेक समय चलाइ राख्नुपर्ने छैन ।
अमेरिका एप्पलका लागि सबैभन्दा ठूलो बजार हो । त्यहाँ 5जी को गती निकै कम छ । एक अध्ययनका अनुसार ४ जी नेटवर्क ४ जी भन्दा राम्रो थियो । केही देशमा सर्वसाधारणका लागि ५ जी खुला गरिएको छैन ।
अमेरिकापछि चीन दोस्रो ठूलो बजार हो । चीन सरकारले फाइभ जीका लागि निकै बढावा दिएको छ । चीन सरकारले हाला बेइजिङ र शेनजेनमा फाइभ जी नेटवर्कको काम पूरा गर्नेछ ।


क्लिकमान्डु