रक्सी आयात गर्न विदेशी मुद्रा सहटी खुल्ला, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले तयारी रक्सी आयातका लागि विदेशी मुद्रा सटहीमा खुल्ला गरेको छ । सरकारले रक्सी आयात खुल्ला गरेसँगै सोका लागि विदेशी मुद्रा सटही गर्न सकिने व्यवस्था गरिएको हो ।

सरकारले २०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेसँगै सोका लागि विदेशी मुद्रा सटही गर्न व्यवस्गा खुल्ला गरिएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

‘यसअघि विदेशी मदिरासँगै नघुल्याएको मरिच, सुपाडी, केराउ छोकडा र अमेरिकी डरल ५० हजार भन्दा बढीको सवारी साधान आयात गर्दा विदेशी मुद्रा सटही गर्न नपाइने व्यवस्था थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘जसबाट मदिरा आयातभन्ने शब्द हटाइएको छ ।’

जसकारण अब रक्सी आयात गर्दा विदेशी मुद्रा सटही गर्न मिल्ने व्यवस्था भएको उनले जानकारी दिए ।

यस्तै, मरिच आयात गर्दा विदेशी मुद्रा सटही गर्न रोक भएपनि भन्सार उपशिर्षक ०९०४.११.०० को नधुल्याएको मरिच औधोगिक कच्चा पर्दाथको रुपमा भने उद्योगको क्षमता अनुसार आयात गर्दा विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

साथै, विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था र ती कार्यालयमा काम गर्ने कुटनीतिक सुविधा पाएका कर्मचारीले निजी सुविधाको लागि ५० हजार डलरभन्दा धेरै मूल्यका गाडी आयात गर्न विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु