भायानेटले ल्यायो ‘भायानेट बडा दशैमा बडा टिभी’ अफर



काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको चाडपर्वको अफर ‘भायानेट बडा दशैमा बडा टिभी’ अफर ल्याएको छ ।

नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गरिनेछ ।

यो योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काइ वर्थ एलईडी टिभीको साथै ३० एमबीपीएस इन्टरनेटका वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९९० रुपैयाँ पाउने छन् ।

यस्तै ३२ इन्चको स्काइ वर्थ एलईडी टिभीका साथै ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९९० रुपैयाँ पाउने छन् । कम्पनीले चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६५० रुपैयाँ सम्मको क्यास भौचर प्रदान गर्ने र पुराना ग्राहकहरुले थप ६ सय सम्मको छुट पाउने छन् ।

यो अफरबाट ग्राहकहरुले टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशत भन्दा बढीको छुट पाउने छन् । भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ ।

यो अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाड्न र रोमाञ्च प्रदान गर्न खोजेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु