एनसेलले ल्यायो टिकटक र फेसबुककाआकर्षक थप नन्स्टप प्याकहरु



काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथलोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजालिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थपविकल्पप्रदानगर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजनाल्याएको छ ।

‘प्लस’थिमअन्तर्गत फोरजीग्राहकलाई ध्यानमा राखील्याइएकायीनयाँप्याकहरु बुधबार (असोज ७) देखि संचालनमाआएका छन् । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पलजहाँभएपनि सेवामापहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिनवा ३० दिनको समयसिमा रहेका यीप्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजालिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याकलिई आफुले लिएको प्याकको समयसिमाबाँकीरहेसम्म नन्स्टप रुपमायसको फाइदालिन सक्छन् । यतिमात्रनभई, यो ३० दिनको प्याकलिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउनथप ६ जीबी डेटा बोनस स्वरुपप्राप्तगर्दछन् ।

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स

१ह्यास डायल गरी यीनयाँप्याकहरु प्राप्तनिर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेलएपतथा डिजिटल वालेट सेवाप्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवावाप्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।

नन्स्टप अफर अन्तर्गत लोकप्रियएपमाआधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँचप्रदान गर्ने भएकाले ग्राहककालागियसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युबप्याकमात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदानगर्दै आएको छ । यसै योजनामाग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबीथप डेटा इन्टरनेटमा अन्यप्रयोजनकालागिप्रयोग गर्न बोनसको रुपमा पाउदै आएका छन् ।

साथै सात दिनवा ३० दिनको नन्स्टप प्याकखरिद गर्ने ग्राहककालागिविषेश थप योजनापनि रहेको छ । यीप्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७दिन सम्म मात्र रु २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थपफोरजी डेटालिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुकवा युट्युबचलाउनको लागिप्रयोग गर्न सक्छन् ।

आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत नै रहीएनसेलले वायरफ्रीप्लस वाइफाइ, आफ्ना फोरजीग्राहककालागिआकर्षक ननस्टप युट्युबप्लसका साथै एण्डलेस कुराकानीप्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइसिमप्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।


क्लिकमान्डु