टेलिकमले ५५ रुपैयाँमा फेसबुक चलाउन अनलिमिटेड प्याक दिने



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ असोज ३ को अवसरमा अनलिमिटेड युट्युब , अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउने भएको छ ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ मा उपलब्ध हुनेछ ।


क्लिकमान्डु