एप्पलको नयाँ वाचः १५ सेकेन्डमा अक्सिजनको मात्रा पत्ता लगाउने, मूल्य पनि सस्तो



एप्पल कम्पनीले मंगलबार राति नयाँ एप्पल वाच सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल इभेन्ट टाइम फाइल्सको शुरुवात गर्दै नयाँ वाच सिरिज ६ को लञ्चिङ गरेको हो ।

कम्पनीले अफोर्डेबल मोडलका रुपमा वाच एसइ पनि सार्वजनिक गरेको छ । कम्पनीले नेक्स्ट जेनेरेसन वाच सिरिज ६ मा बिल्ट इन्ड ब्लड अक्सिजन लेभल सेन्सर पनि उपलब्ध हुनेछ । कम्पनीको दाबी अनुसार नयाँ एप्पल वाचले १५ सेकेन्डभित्र रगतमा भएको अक्सिनको मात्रा पत्ता लगाउनेछ ।

यसका साथै कम्पनीले नयाँ एप्पल वाचको एसइ मोडल पनि सार्वजनिक गरेको छ ताकी धेरैभन्दा धेरै ग्राहकका पहुँचसम्म पुराउन सकियोस ।

यसको नयाँ फिचरमा फ्यामिली प्याकेज पनि उपलब्ध छ । जसमा आइफोन नभए पनि एप्पल वाच हुनेले परिवारमा एकजनाको आइफोनमा सबैको फोन कनेक्ट गर्न सकिनेछ । जसका आधारमा अन्य मानिसहरु कहाँ, कुन लोकेसनमा छन् भन्ने जानकारी प्राप्त हुन्छ । सुरक्षाका हिसाबले यसलाई राम्रो मानिएको छ । त्यसका साथै स्वास्थ्यका दृष्टिकोणले ब्लड प्रेसर, अक्सिजन मापन, इसीजीलगायतका परीक्षणको सुविधा पनि नयाँ एप्पल वाचमा हुनेछ ।

एप्पल वाच ६ सिरिजको शुरुवाती मूल्य ३९९ डलर छ भने एप्पल वाच एसइ मोडलको मूल्य ८८३ डलर पर्नेछ ।


क्लिकमान्डु