इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने



काठमाडौं । निजी क्षेत्रको अग्रणी इन्टरनेट सेवाप्रदायक संस्था वर्ल्डलिंकले सर्वसाधारणका लागि सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । अग्रवालले ३ वर्षपछि आइपीओ जारी गर्नका लागि अहिले तयारी गरिरहेको बताए ।

‘आइपीओ जारी गर्नका लागि हामीलाई पब्लिक लिमिटेडमा जानुपर्ने थियो, त्यो गत वर्ष पूरा भइसकेको छ,’ उनले भने, ‘अबको ३ वर्षमा हामीले आइपीओ जारी गर्छौ, यसमा हामी अहिले तयारी गरिरहेका छौं ।’

उनले तत्कालिन समयमा बजारको अवस्था हेरेर ३ वर्षमा जान सकिन्छ भन्ने आधारमा आफूहरुले अहिले तयारी गरिरहेको जानकारी दिए ।

कम्पनीले स्थापनाको २५औं वर्ष पुगेको अवसरमा आयोजित वेविनार कार्यक्रममा बोल्दै अग्रवालले वर्ल्डलिंकको २५ वर्षे यात्राका बारेमा बिस्तारमा वर्णनसमेत गरेका थिए । उनले नेपालमा तुलनात्मकरुपमा सस्तो मूल्यमा सेवा दिइरहेको दिए ।

‘नेपाली नागरिकले अन्य देशको तुलनामा सस्तो शुल्कमा इन्टरनेटको सेवा पाइरहनु भएको छ, पैसा पनि धेरै लिन नपाइने सेवा पनि उच्चस्तरको भन्ने हुँदैन’ उनले भने ।


क्लिकमान्डु