कोरोना लागे वा नलागेको पत्ता लगाउन गुगल र एप्पलले ल्याए नयाँ नोटिफिकेशन सिस्टम
काठमाडौं । संसारभर नै कोरोना भाइरसले यतिबेला धेरैको हाँसो खोसिदिएको छ । अर्थ व्यवस्था चौपट छ । मानिसका दैनिकी बदलिएका छन् ।
निराशाको बादल मडारिएको छ । मानिसहरु घरभित्रै छन् । चीन बाहेक अन्य देशको आर्थिक वृद्धिदर क्रमशः ऋणात्मकतर्फ उद्दत भएको छ ।
भारतको मात्रै पछिल्लो ३ महिनामा कुल ग्राहस्थ उत्पादन २३.९० प्रतिशतले घटेको छ । विकसित देश समेत समस्यामा परेको बेला नेपाल जस्ता साना र आर्थिक रुपमा कमजोर भएका देशहरु समस्या नपर्ने कुरै भएन ।
कोरोनाले धेरैलाई समस्यामा पारेपनि केही क्षेत्रमा भने यसले सकारात्मक प्रभाव पारेको छ । नयाँ नयाँ खोज तथा अनुसन्धान समेत भएको अवस्था छ ।
यही क्रममा सर्च इञ्जिन गुगल तथा एप्पलले कोरोना भाइरसबाट बचाउनका लागि नयाँ एक्सपोजर नोटिफिकेशन सिस्टम बनाएका छन् । कोरोनाबाट जोगिनका लागि उक्त प्रणाली महत्वपूर्ण हुने समाचार विवरणहरुमा जनाइएको छ ।
गुगल तथा एप्पल कम्पनीले भनेका छन् त्यस्तो नोटिफिकेशन सिस्टम मेरील्याण्ड, नेवादा, भर्जिनिया तथा वासिङटन डिसीमा सार्वजनिक गरिएको छ ।
उक्त सिस्टम केही दिन पछिदेखि प्रयोगमा आउनेछ । त्यस्तो नोटिफिकेशन उपयोग गर्ने पहिलो देशमा अमेरिका नै हुने भएको छ ।
दुई वटा कम्पनीले प्रणाली जडान गरेपछि कोरोनाको जोखिम रहेको वा नरहेको बारेमा जानकारी लिन सकिनेछ ।
कोभिड १९ को महामारीका कारण संसारभर नै समस्या भइरहेको बेला उक्त सिस्टम अगाडि सारिएको हो । सो सिस्टमको एक्सपोजर नोटिफिकेशन एक्सप्रेस नाम दिइएको छ ।
उक्त सिस्टम पब्लिक हेल्थ अथ्योरिटीको एप बिना नै सम्पर्क तथा टे«सिङका लागि स्मार्टफोन नै उपयोग हुने गरी सक्षम बनाइदिनेछ ।
एक्सपोजर नोटिफिकेशन एक्सप्रेसको नामक उक्त नयाँ सिस्टमले सार्वजनिक स्वास्थ्य अधिकारीले गुगल तथा एप्पलका लागि छोटो कन्फर्मेशन फाइल सवमिट गर्नका लागि अनुमति दिने छ ।
त्यसपछि दुई वटा कम्पनीको सिस्टम सेट गर्नका लागि फाइलका उपयोग गर्न सकिनेछ ।
जबकी फोन कस्को साथमा रहेको छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको साथमा मोबाइल हुन्छ, उसँग कोरोना भाइरस रहेको छ वा छैन भन्ने कुराको सजिलै परीक्षण हुनेछ ।
आइफोनको मामलामा भने आईओएस अपरेटिङ सिस्टमको एक नयाँ अपडेड यूजर्स उपलब्ध हुनेछ । स्थानीय स्वास्थ्य अधिकारीसँग एक्सपोजर नोटिफिकेशन सिस्टम उपलब्ध हुन्छ । त्यो सिस्टमले प्रयोगकर्तालाई नयाँ एपको डाउनलोड गर्न समेत अनुमति दिनेछ ।
त्यसरी डाउनलोड भएपछि त्यहाँ आउने नोटिफिकेशनका आधारमा उसलाई कोरोना भाइरस रहे नरहेको समेत पत्ता लाग्नेछ । एन्ड्रोइड डिभाइस भएका प्रयोगकर्ताको फोनमा रहेको अपरेटिङ सिस्टममा एक प्रकारको संकेत मिल्नेछ । त्यस्तो संकेत मिल्ने बित्तिकै एप डाउनलोड गर्नुपर्नेछ ।
यसबाट कोरोना भाइरस लागेका व्यक्तिसँग सम्पर्क भएको छ वा छैन भन्ने समेत पत्ता लाग्नेछ । कोरोना पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउन उक्त प्रणालीले सहयोग गर्नेछ । यस्तै ब्लू टुथ सिंग्नलको उपयोग गर्न समेत अनुमति दिनेछ ।