सामसुङले ल्यायो ३२ मेगापिक्सलको सेल्फी क्यामरासहित 7000MH ब्याट्री भएको स्मार्टफोन



काठमाडौं । विश्व बजारमा स्मार्टफोन निर्माण गर्ने कम्पनीका बीच अनौठो खालको प्रतिस्पर्धा छ । हरेक महिना जसो आउने नयाँनयाँ मोडलका स्मार्टफोनमा नयाँनयाँ सुविधा दिने क्रम पनि बढिरहेको छ ।

उपभोक्तालाई आर्कषित गर्न उनीहरुले फिचर पनि केही नयाँ बनाउनै पर्ने बाध्यता आइपरेको छ ।

उपभोक्तालाई नयाँनयाँ सुविधा दिने ध्येयका साथ स्मार्टफोन निर्माता कम्पनीले अनुसन्धानमा समेत उत्तिकै लगानी गरिरहेका छन् । बजार अर्काको हातमा नजाओस् र व्यापार नघटोस् भन्ने ध्येयका साथ भइरहेको प्रतिस्पर्धाले उपभोक्तालाई भने राम्रै फाइदा दिएको छ ।

यसै क्रममा दक्षिण कोरियाको स्मार्टफोन निर्माता कम्पनीले पछिल्लो पटक ब्याट्रीको क्षमतामा विशेष ध्यान दिएको छ । सामान्यतया सामसुङको स्मार्टफोनमा सधै जसो नै ब्याट्रीकै समस्या आउने गुनासो छ ।

सोही समस्या समाधान गर्ने ध्येयका साथ सामसुङले पछिल्लो पटक ७००० एमएएच क्षमताको ब्याट्री सहितको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । समाचार विवरणहरुमा जनाइएअनुसार सामसुङको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । एम५१ नाम दिइएको उक्त स्मार्टफोनमा ६.७ इञ्चको ठूलो स्क्रिन समेत छ ।

सामसुङले उक्त स्मार्टफोन यही सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त फोनमा २५ वाट क्षमताको शीघ्र चार्ज हुने चार्जिङ सिस्टम समेत उपलब्ध गराउने भएको छ ।

समाचारहरुमा जनाइएअनुसार उक्त स्मार्टफोन करिब ६० हजार रुपैयाँमा उपलब्ध हुन सक्नेछ ।

शक्तिशाली ब्याट्री रहेको फोन सार्वजनिक गर्ने क्रममा सामसुङले ग्यालेक्सी एम ५१ नामको स्मार्ट फोन ल्याउन लागेको हो । कम्पनीको आधिकारिक बेवसाइटमा दिइएको जानकारी अनुसार उक्त स्मार्टफोनको आधिकारिक दर्ता समेत भइसकेको छ ।

कम्पनीले उक्त फोनको टिजर अनलाइन प्लेटफर्म अमेजनमा सार्वजनिक गरिसकेको छ । सेप्टेम्बरको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरिएको स्मार्टफोनमा यसअघिका भन्दा नयाँ अन्य फिचर समेत समावेश गरिएको जनाइएको छ ।

तर ती नयाँ फिचर के हुन् भन्ने बारेमा केही बताइएको छैन । आधिकारिक बेवसाइटमा गएर आफ्नो नाम, इमेल आइडी तथा मोबाइल नम्बर राखेर नोटिफिकेश अन गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त नयाँ स्मार्टफोनमा ६ जिबी क्षमताको र्याम र १२८ जिबी क्षमताको आन्तरिक स्टोरेज उपलब्ध हुनेछ । कम्पनीले पहिलो चरणमा कालो र सेतो रंगका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

यूरोपमा सो फोन ३६० यूरोमा बिक्री हुनेछ । भारतीय बजारमा भने अधिकतम ३० हजार भारतीय मुद्रामा बिक्री गरिनेछ ।

जर्मनीमा सार्वजनिक गरिएको एम५१ फोनमा पूर्णएचडी क्षमताको सुपर एमोलिड प्लस इन्फिनिटी डिस्प्ले छ ।

यस्तै सेल्फी क्यामेरा समेत फिक्स गरिएको छ । फोनमा अटोकोर प्रोसेसर समेत रहेको छ । जबकी कम्पनीले चिपसेटको नामको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन । उक्त फोनमा स्नैपड्रैगन ७३० प्रोसेसर छ ।

फोनमा १२८ जिबी आन्तरिक मेमोरी रहने भएपनि एसडी कार्ड प्रयोग गरेर क्षमता बढाउन सकिन्छ । फोनमा एन्ड्रोइड १० बेस्ड वनयूआई अपरेटिङ सिस्टमले काम गर्ने छ । फोटो खिच्नका लागि त्यसमा क्वाड रियर क्यामेरा राखिएको छ ।

फोनमा ६४ मेगापिक्सलका प्राइमरी सेन्सर, १२ मेगाफिक्सल अल्ट्र वाइड एंगल लेन्स, ५ मेगाफिक्सल डेप्थ सेन्सर तथा ५ मगाफिक्सलको माइक्रो क्यामरा समेत जडान गरिएको छ । सेल्फीका लागि मात्रै ३२ मोगाफिक्सलको क्यामरा रहेको छ ।


क्लिकमान्डु