लिबर्टी हाइड्रो पावरमा मागभन्दा बढी सेयरको आवेदन



काठमाडौं । लिबर्टी हाइड्रो पावरले निष्कासन गरेको सार्वजनिक सेयर(आइपीओ)मा मागभन्दा बढी आवेदन परेको छ ।

३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा शनिबार दिउसोसम्ममा १ लाख ४५ हजार ३९४ जना आवेदकले ४९ करोड ५३ लाख ६१ हजार रुपैयाँको आवेदन दिएका छन् ।

मेरो सेयर मार्फत आइपीओ खुलेको जुनसुकै बेलापनि आवेदन दिन पाउने हुँदा यो रकम अझै बढ्ने देखिन्छ । लिबर्टी हाइड्रोको सेयर भर्ने आइतबार अन्तिम दिन हो ।

हाइड्रो पावरको सेयरले विश्वसनियता गुमाएको बेला लिबर्टीमा भने मागभन्दा बढी आवेदन परेको हो ।


क्लिकमान्डु