इपानको अध्यक्षमा कृष्ण आचार्य निर्विरोध चुनिए



काठमाडौं ।   स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)को अध्यक्षमा उद्यमी कृष्ण आचार्य चुनिएका छन् । दुई प्यानलबीच निर्वाचन हुन लागेको इपानामा सहमतिमा कार्यसमिति चयन भएको हो । इपानले बरिष्ठ उद्यमी आचार्यले नयाँ कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।

इपानको तीनवटा उपाध्यक्षमा आशिष गर्ग,गणेश कार्की, मोहन डांगी चुनिएका छन् । यस्तै महासचिवमा महासचिव गोरे शेर्पा तथा सचिवमा भरत खत्री, बलराम खतिवडा ,राम आचार्य चुनिएका छन् भने कोषाध्यक्ष आनन्द चौधरी चुनिएका छन् ।

कार्यसमिति सदस्यमा प्रकाश दुलाल,भरत खड्का,भरत लामिछाने थापा र उत्तम ब्लोन लामा छन् । महिला सदस्य अविज्ञा मल्ल र कविता कंडेल चुनिएका छन् ।


क्लिकमान्डु