ज्योति विकास बैंकको नाफा २३ प्रतिशतले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा ज्योति विकास बैंकको नाफामा गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा बैंकको नाफामा २३.०६ प्रतिशतले गिरावट आएको हो ।

अघिल्लो वर्ष ५३ करोड १३ लाख ४१ हजार ५५३ रुपैयाँ रहेकोमा गत वर्ष ४० करोड ८८ लाख १० हजार ४३२ रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १४ करोड ९५ लाख १३ हजार ५४४ रुपैयाँ रहेको छ ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख ८१ हजार ५९५ रुपैयाँ रहेकोमा गत वर्षमा १ अर्ब ३९ करोड ६० लाख २१२ रुपैयाँ रहेको छ ।

यस्तै अघिल्लो वर्ष ७४ करोड ७० लाख ७४ हजार १६२ रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत वर्ष ५८ करोड ५८ लाख ७० हजार ५८५ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.५४ प्रतिशतबाट बढेर ०.६८ प्रतिशतमा पुगेको छ ।
प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु