एसबीआई बैंकको सिइओमा दिपक कुमार डे नियुक्त



काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिवर्तन हुने भएको छ ।

बैंकमा हाल रहेका सिइओ अनुकूल भट्नागरको कार्यकाल सकिएपछि उनको ठाँउमा दिपक कुमार डेलाई नियुक्त गर्ने भएको छ ।

दिपक कुमार डे हाल स्टेट बैंक अफ इन्डियाको नायव प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

बैंकको साउन २८ मा बसेको बैठकले दिपकलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु