शाइन रेसुङ्गा बैंकले निक्षेप ६० प्रतिशत बढायो, नाफा ४७ करोड ४५ लाख



काठमाडौं । गत आर्थिक वर्षमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १३.३९ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको असार मसान्तमा ४१ करोड ८४ लाख ६० हजार २७२ रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ४७ करोड ४५ लाख १६ हजार ३०२ रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ३३ करोड २२ लाख ४६ हजार ८२ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षम ता ११.०१ प्रतिशत रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ ।

बैंकले अघिल्लो असार मसान्तमा ९१ करोड २ लाख ६३ हजार १८६ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत असार मसान्तसम्ममा १ अर्ब ३३ करोड ८ लाख १० हजार ५५१ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ५९ करोड १९ लाख ४२ हजार ५४ रुपैयाँबाट बढेर ६७ करोड ७८ लाख १७ हजार ३८३ रुपैयाँ रहेको छ ।

३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८० करोड ६७ लाख ४५ हजार ९४२ रुपैयाँ रहेको छ ।

३० अर्ब २० करोड ९१ लाख ५९ हजार २४७ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २४ अर्ब ३५ करोड ७० लाख ३७ हजार ९९४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

अघिल्लो असारको तुलनामा बैंकको निक्षेप संकलन ६०.२६ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर १.१० प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ९५ पैसा रहेको छ ।


क्लिकमान्डु