एसबीआई बैंकको नाफा ३३ प्रतिशतले घट्यो, लाभांश दिने क्षमता ११ %
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल एसबीआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ ।
अघिल्लो आवको असार मसान्तमा २ अर्ब २९ करोड २५ लाख २४ हजार ३९६ रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार ८८१ रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ९८ करोड ६१ लाख १८ हजार ५६९ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षमता ११.०१ प्रतिशत रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावटले बैंकको असर गरेको देखिएको छ ।
बैंकले अघिल्लो असार मसान्तमा ४ अर्ब ७० करोड ५० लाख ८३ हजार ३८६ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत असार मसान्तसम्ममा ४ अर्ब २४ करोड ९७ लाख ६० हजार ५२१ रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा ३ अर्ब १२ करोड ३८ लाख ९२ हजार ७३३ रुपैयाँबाट घटेर २ अर्ब १९ करोड ६२ लाख १८ हजार ९७५ रुपैयाँ रहेको छ ।
८ अर्ब ९५ करोड ६२ लाख ५ हजार ५५४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड ६६ लाख ९७ हजार ४२६ रुपैयाँ रहेको छ ।
१ खर्ब १० अर्ब ४४ करोड ५८ लाख ७२ हजार ८१७ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८९ अर्ब ६१ करोड ५४ लाख ९९ हजार ८५१ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशतबाट बढेर ०.२३ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६७ पैसा रहेको छ ।