प्रभु बैंकको डिबेञ्चर बाँडफाँट
काठमाडौं । प्रभुख बैंकको डिबेञ्चर (ऋणपत्र) बाँडफाँट गरिएको छ । बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो ।
प्रभु बैंक लिमिटेडको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को १,००० रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद बिक्रीका लागि आह्वान गरिएको थियो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा २०७७ साल साउन १९ गतेदेखि मिति २०७७ साल साउन २३ गतेसम्म सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड रुपैयाँ ऋण पूँजी रकम (५ प्रतिशत अर्थात ४० हजार युनिट सामूहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेञ्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।
निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा २ हजार ३०८ जना आवेदकहरुबाट कूल ७ लाख ३० हजार ३६५ कित्ता ऋणपत्रका लागि आवेदन प्राप्त भएको थियो ।
त्यसमध्ये ४१७ जना आवेदकबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २३१ कित्ता ऋणपत्र विभिन्न कारणवश अस्वकृत भएको हुँदा रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई मात्र नीजहरुले माग गरे बमोजिम नै बाँडफाँट गरिएको हो ।
रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकलाई कूल ३ लाख ७९ हजार १३४ कित्ता ऋणपत्र बाँडफाँछ गरिएको हो । यो व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८६६ कित्ता ऋणपत्र बाँडफाँट गरिएको हो ।
सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपैयाँ निष्काशन रकमका बाँडफाँट गरिएको हो ।
प्रभु बैंक लिमिटेडका ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन दिएका थिए ।