हिमालयन बैंकको खुद नाफा ८ प्रतिशतले घट्यो, लाभांश क्षमता १४ प्रतिशत



काठमाडौं । हिमालयन बैंकको खुद नाफा ८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा २२ करोड १२ लाख रुपैयाँले घटाएर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड छ हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.९६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा बैंकको तुलनामा ५.४५ प्रतिशत घटेको हो । बैंकको गत वर्षको असार मसान्तसम्म १ अर्ब २९ करोड रुपैयाँ ब्याज उठ्न बाँकी छ ।

यसैगरी, बैंकको अघिल्लो आवमा ३२.४४ पैसा रहेको प्रतिसेयर आम्दानी १६.३६ प्रतिशतले घटेर २७.१३ पैसामा सीमित भएको छ ।

सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.११ प्रतिशतले घटेर १.०१ प्रतिशत कायम भएको छ । यस्तै, समिक्षा अवधिमा बैंकको स्प्रेडरेट ३.७७ प्रतिशत, बेसरेट ८.३८ प्रतिशत, सीसीडी रेसीयो ६६.८५ प्रतिशत र कष्ट अफ फण्ड ६.१८ प्रतिशत छ ।


क्लिकमान्डु