सनराइज बैंकले एक वर्षमा १५ अर्बले निक्षेप बढायो, नाफा १ अर्ब ३९ करोड



काठमाडौं । सनराइज बैंकले एकवर्षमा करिब १५ अर्ब रुपैयाँले निक्षेप बढाएको छ ।

बैंकले असार मसान्तसम्ममा ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यस्तै बैंकको एकवर्षमा कर्जा १३ अर्बले बढेको छ । सनराइज बैंकले असार मसान्तसम्ममा ८१ अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष ६८ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

बैंकको नाफामा पनि कोभिडको असर देखिएको छ । बैंकले गतवर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड नाफा गरेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा ५२ करोड ९१ लाख रुपैयाँ गरेको छ ।

१४.६० प्रतिशत पूँजीकोष अनुपात रहेको सनराइज बैंकको १.८६ प्रतिशत एनपीएल रहेको छ भने ७१.३० प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु