सानिमा माई हाईड्रोको विद्युत बिक्रीबाट हुने आम्दानीसँगै बढ्यो नाफा



काठमाडौं । सानिमा माई हाईड्रो पावरले गत आर्थिक वषको चौथो त्रैमास सम्ममा ३६ करोड ८३ लाख ८४ हजार ६३२ रुपैयाँ नाफा आर्जन गरेको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.३२ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिमा २३ करोड १२ लाख १८ हजार १२८ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा हाईड्रोको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर ८६ करोड ७ लाख ८४ हजार ११ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ७२ करोड ५० लाख ८२ हजार ५८१ रुपैयाँ आर्जन गरेको थियो ।

२ अर्ब ५५ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी हाईड्रोको जगेडा कोषमा ३२ लाख ७४ हजार ९९२ रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा रहेको सानिमाको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८४ पैसा रहेको छ ।


क्लिकमान्डु