ओपो एफ १५ नेपाली बजारमा, ४० हजारमा पाइने



काठमाडौं । नेपाली बजारमा ओपो एफ १५ मोबाइल फोन आएको तीन वटा फरक फिचर्स सहितको उक्त फोनले ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफीको अनुभव लिन सकिने छ ।

ओपो एफ १५ ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत फोनकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकिने खालको रहेको छ ।

एफ सिरिज अन्तर्गतको नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक देखिने तस्विर खिच्न सघाउँ बताइएको छ ।

स्लिक प्याकेजमा उपलब्ध ओपो एफ १५ मा कम्पनीले ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्ये यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमताको रहेको छ ।

यसमा रहेको फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८ एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरिय तस्विर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगर्ताले करिब ३ सेन्टिमिटरसम्म म्याक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सकिनेछ ।

फोनका अघिल्ला तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिस पनि उपलब्ध गराउने छ ।

आन्तरिक ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) जडित ओपो एफ १५ मा ओपोको अग्रणी एण्टि(शेक भिडियोपनि उपलब्ध रहेको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ १५ ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ १५ सटिक माध्यम हुन सक्छ ।

फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोडपनि उपलब्ध रकेको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ १५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउने छ ।

यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोटे«ट लिन सघाउँछ । फरक–फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ ।

यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् ।

ओपो एफ १५ को हल्कापनको रहेको छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ ११ को तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का रहेको छ ।

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ १५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ ।

क्यामेराको सतहलाई माथी उठाएर यसको लेन्सलाई थप सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्थापनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ १५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो ।

ओपो एफ १५ मा रहेको फिंगरप्रिन्ट अनलक ३.० ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५ % ले तिब्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दूबै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ ।

८ जीबी ¥याम र १२८ जीबी रोम रहेको यो फोनमा पर्याप्त स्टोरेज रहेको छ । फ्ल्याश चार्ज ३ सहितको ओपो एफ १५ ले मात्र ५ मिनेटको समयमा १० % र ३० मिनेटमा ५ ०% चार्ज दिने क्षमता रहेको छ ।

९०.७ % स्क्रिन टू बडी रेसियो तथो एफएचडी प्लस एमोलेड २४००×१०८० रेजोल्यूशनसहितको ओपो एफ १५ मा ले अल्ट्रा क्र्रिस्प गेमिङ रहेको छ । फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ १५ ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ ।

यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँने छ । यसको बजार मूल्य ३९ हजार ९९० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु