करदाताले खाता प्रमाणित गर्ने म्याद थपियो, पुस मसान्तसम्म प्रमाणित गरे हुने



काठमाडौं । आन्तरिक राजस्व विभागले खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद पुस मसान्तसम्म थप गरेको छ ।

कोरोनाका कारण उत्पन्न असहज परिस्थितिका कारण मासिक कर विवरण पेश गर्ने म्याद कात्तिकसम्म र चौमासिक कर विवरण पेश गर्ने करदातालाई कात्तिक महिनाभित्र खाता प्रमाणित गराउनु पर्नेमा अब पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार मासिक, द्विमासिक तथा चौमासिकरुपमा कर बुझाउने करदाताको म्याद पुस मसान्तसम्म कायम गरिएको हो ।


क्लिकमान्डु