चुइगम पड्काएर सकियो एक वर्षमा ५७ करोड रूपैयाँ



काठमाडौं । सामान्य बाटोमा हिँड्दा होस् या फुर्सदमा स्वाद मानेर चुइगम खाएको त तपाईं हामीले देखेकै हो । न त पेट भरिने न पौष्टिक तत्व पाइने, तै पनि मानिसहरु मुख मिठ्याउँदै चुइगम खाइरहन्छन् । र, तपाईं हामी पनि खान्छौं ।

सामान्यरुपमा भन्दा धेरै पैसा पनि नपर्ने र जहाँसुकै सहजरुपमा पाइने भएकाले चुइमग खानेहरु धेरै छन् । तर के तपाईंलाई थाहा छ, नेपालीले एक वर्षमा मात्रै ५७ करोड रुपैयाँ बराबरको विदेशी चुइगम पड्काएका छन् । जसका कारण व्यापार घाटा मात्रै बढेको छैन, अतिरिक्त मुद्रा विदेशिएको छ ।

आर्थिक वर्ष २०७५/७७ मा नेपालमा विभिन्न ११ वटा देशबाट ५७ करोड ९७ लाख ३४ हजारको चुइगम मात्रै भएको छ । जसमा सबैभन्दा बढी भारतबाट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

आव २०७५/७७ मा भारतबाट १ अर्ब ७९ करोड ८३ लाख ९२ हजार केजी चुइगम आयात भएको छ । जसवापत ५५ करोड ९५ लाख ६६ हजार रुपैयाँ भारत गएको छ ।

त्यसैगरी भारत पछि नपालमा अमेरिकाबाट सबैभन्दा धेरे चुइमग आयात भएको छ । अमेरिकाबाट गत वर्ष १ करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ३६ हजार केजीको चुइगम आयात भएको छ । त्यस्तै, टर्की, बेलायत, कोरिया थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), चीन, जापान र स्पेनबाट सउमेत चुइमग नेपालमा आयात भएको छ ।

सबैभन्दा थोरै स्पेनबाट आयात भएको छ । स्पेनबाट एक हजार केजी चुइगम आयात भएकोमा जापानबाट १४ हजार, न्यूजिल्यान्डबाट २८ हजार, चीनबाट १ लाख ४ हजार, युएईबाट चार लाख, थाइल्यान्डबाट ४ लाख ३३ हजार, कोरियाबाट ४ लाख ८८ हजार, बेलायतबाट ७ लाख ६ हजार र टर्कीबाट १२ लाख ७९ हजार रुपैयाँको चुइगम आयात गरेको छ ।


क्लिकमान्डु