३० हजार मेट्रिक टन चिनी आयात गर्न सरकारले दियो अनुमति



काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले चिनी आयात गर्नका लागि ५० प्रतिशत भन्सार महसुलमा आयात गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

हाल साल्ट ट्रेडिङमा १ हजार मेट्रिक टन मात्रै चिनि मौज्दात रहेको अवस्थामा बजारमा चिनीको अभाव देखिएपछि चिनीको भाउ ह्वात्तै बढेको छ ।

साल्ट ट्रेडिङले प्रतिकेजी ७३ रुपैयाँमै चिनी बिक्री गरे पनि बजारमा भने उपभोक्ताले प्रतिकेजी १ सय रुपैयाँसम्ममा खरिद गर्दै आइरहेका थिए । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव भएसँगै चिनीको भाउ ह्वात्तै बढेको थियो ।


क्लिकमान्डु