राष्ट्र बैंकको ५ विभागसहित कार्यालयको नाम परिवर्तन, कुनको के ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै साउन १ गतेदेखि लागु हुनेगरी विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम परिवर्तन भएर सम्पति तथा सेवा व्यवस्था विभाग रहेको छ ।

यस्तै अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभागमा परिणत भएको छ । यस्तै लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागको नाम परिवर्तन भएर लघुवित्त संस्था सुपरिवेक्षण विभागमा परिणत भएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार साविकको संस्थागत योजना विभाग अहिले आएर संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा परिणत भएको छ ।

यता बैंकिङ कार्यालय अहिले विभागका परिणत भएको छ । बैंकिङ कार्यालय अहिले बैंकिङ विभाग भएको हो ।

यस्तै सूचना प्रविधि विभाग हाल सूचना प्रविधि महाशाखा भएको छ भने उपत्यका बाहिरका कार्यालयहरु अब प्रदेशस्थित कार्यालयहरुमा परिणत भएको छ ।


क्लिकमान्डु