गुगलको ९० सेकेण्ड भिडियो हेर्ने सुविधा सहितको नयाँ किनमेल एप



अमेरिका । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ ।

जसमा ९० सेकेण्ड लामो भिडियो समेत हेर्न पाइनेछ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको र यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ ।

गुगलले सपलुप नाम दिएको सो एप निर्माणका लागि बनाएको टोलीका सदस्यहरुले उपभोक्ता र बिक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दाबी गरेका छन् ।

नयाँ एपमा बिक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ ।

सपलुपका महाप्रवन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरेका छन् ।


क्लिकमान्डु