एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच वित्तीय कारोबार सम्बन्धी सम्झौता



काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच वित्तीय कारोबार सम्बन्धी द्विपक्षिय सम्झौता भएको छ । संघका सदस्यको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।

बैंकले देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तैः साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।

हाल बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।


क्लिकमान्डु