ग्लोबल आइएमई बैंकले ३ दिनमै सस्तोदरमा १ करोडसम्म एसएमई कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला (एसएमई) कर्जा ८.९९ प्रतिशतमा १ करोड रुपैयाँ कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसायलाई लगानीमा प्रोत्साहन गर्ने उद्वेश्यले कर्जा प्रवाह गर्न लागेको हो ।
कोभिड–१९ ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको बैंकले जनाएको छ ।
कर्जा योजना अन्तर्गत व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख देखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार कर्जा लिन चाहनेले आवश्यक कागजात बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रदान गर्ने प्रतिबद्धता गरेको छ । नेपालभरी बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कर्जा सुविधा उपभोग गर्न सकिन्छ ।