सबैलाई चित्त बुझाउने मौद्रिक नीति आयो: डेभलपमेन्ट बैकर्स एशोसियनका अध्यक्ष ढकाल



काठमाडौं । नेपाल डेभलपमेन्ट एसोसियसनका अध्यक्ष गोविन्द ढकालले सबै क्षेत्रलाई चित्त बुझाउने मौद्रिक नीति आएको बताए ।

विकास बैंकहरुको तर्फबाट माग गरिएका कतिपय सुझावहरु मौद्रिक नीतिले नसमेटेको भएपनि सार्वजनिक मौद्रिक नीति कोभिड असरलाई न्यूनिकरण गर्न सहयोग गर्ने भएको बताए ।

‘सेवा शुल्कमा क्याप लगाइएको छ, यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको नाफामा केही हदसम्म असर त पार्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सहुलियपुर्ण कर्जामा गरिएको बाध्यात्मक व्यवस्थाले गर्दा बैंकहरुलाई केही अप्ठ्यारो त पर्छ तर हामीले यसलाई स्वीकार गर्नु पर्छ ।’

कोभिडको अहिलेको अवस्थामा बिषेशगरी व्यवसायी र व्यापारीहरुलाई सम्बोधन गरेर आउनुपर्ने यहाँभन्दा बढी नभएको उनले बताए ।

‘बैंक मर्जरको सन्दर्भमा राष्ट्र बैंकले विकास बैंकहरुलाई छोएको छैन्, ढकाल भन्छन, ‘बीग मर्जरलाई प्रोत्साहन गर्ने गरी वाणिज्य बैंकहरुलाई मर्जमा प्रोत्साहित गरिएको छ ।’

यो हालसम्म गरिएका मर्जरको प्रोत्साहित नीतिमध्ये कै राम्रो भएको उनको भनाइ छ ।


क्लिकमान्डु