पोलिमर नोट काण्डमा पूर्वगभर्नर रावलले पाए सफाइ



काठमाडौं । पोलिमर नोट छपाइमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्व गभर्नर तिलक रावलले सफाइ पाएका छन् । मंगलबार विशेष अदालतले रावलसँगै नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालिन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाडेँलाई पनि सफाइ दिएको छ ।

विशेष अदालतले पर्याप्त प्रमाणको अभावको कारण देखाउँदै सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएलगत्तै पक्राउ परेका उनीहरु १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

अख्तियारले राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाइ गर्दा त्यहाँको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहिन नोट छपाइ भएको आरोप लगाएको थियो ।


क्लिकमान्डु