कोरोना भाइरसः WHOले खानपिनका लागि दियो यी ५ टिप्स



कोभिड–१९ को महामारीको बेलामा कैयन चिजमा परिवर्तन भइरहेको छ । कामकाज, सरसफाइदेखि खानपिनको तौर तरिकामा पनि परिवर्तन भएको छ ।

मानिसहरुको प्राथमिकतामा स्वास्थ्य तथा खासगरी खानपिन तथा स्वच्छताको मुद्दा अचानक आएको छ । यस्तो होइन कि पहिले मानिसहरुको प्राथमिकतामा यी चिजहरु पर्दैनथे । पक्कै नि खानपिन र स्वच्छता हाम्रो जीवनशैलीका लागि जरुरी नै थिए । तर त्यसमा मनपर्ने र मननपर्ने कुराहरुको पनि चर्चा हुन्थ्यो ।
यस समय मानिसहरुमा के खानपिनका कारण पनि कोभिड फैलिन्छ भन्ने चिन्ता थपिएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनलाई लिएर ५ वटा जरुरी टिप्स सेयर गरेको छ ।

१) सधै स्वच्छ रहनुहोस्
खाना बनाउनेभन्दा अघि र खाना बनाउने समयमा हात धुनु जरुरी छ । शैचालय गएपछि हात सफा गर्नुहोस् । खाना बनाउने ठाउँमा चुल्हो तथा भाँडाकुँडा राम्रोसँग धुनुहोस् र तीनलाई सेनिटाइज गर्नुहोस् । भान्सा घरमा हुने किरा तथा अन्य जनावरको पहुँचबाट सुरक्षित राख्नुहोस्

यो किन जरुरी छ ?
धेरैजसो सुक्ष्म जीव कुनै पनि बिरामी फैलाउँदैनन् । तर त्यसमध्ये केही यस्ता खतरनाक जीव हुन्छन् जो माटो, पानी, जनावर तथा मानिसमा व्यापक रुपमा पाइन्छन् । यी सुक्ष्म जीव हाम्रो हात, साफसफाइ गर्दा प्रयोग हुने कपडा, भाँडा, कटिङ बोर्डमा हुन्छन् । यदी खानपिनका चिजसँग यी जीवको सामान्य सम्पर्क भयो भने खानपिनबाट बिरामी हुने खतरा पनि उत्तिकै हुन्छ ।

२) काँचो खानालाई पकाइएको खानाबाट टाढा राख्नुहोस्
पोल्ट्री उत्पादन, काँचो मासुलाई खानपिनका अन्य चिजबाट अलग्गै राख्नुहोस् । काँचो खानालाई राख्दा फरक भाँडा तथा चक्कु तथा कटिङ बोर्डको प्रयोग गर्नुहोस् । तयार खाना तथा काँचो खानाका बचि कुनै पनि सम्पर्क नहोस भन्नका लागि यस्ता चिजलाई कन्टेनरमा राख्नुहोस् ।

यो किन जरुरी छ ?
नपाकेको खाना खासगरी मासु, पोल्ट्री उत्पादनमा यस्तो खतरनाक सुक्ष्म जीव हुन सक्छन् । जुन पकाउने समयमा खानपिनका अन्य चिजमा संक्रमित गर्न सक्छन् ।

३) खानालाई राम्रोसँग पकाउनुहोस्
खासगरी मासु, पोल्ट्री उत्पादन, अन्डालगायतलाई राम्रोसँग पकाउनुहोस् । सुप तथा स्टु जस्ता चिजलाई उमाल्दा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रम हुनु जरुरी हुन्छ । मासु तथा पोल्ट्री उत्पादन तयार गर्दा पनि ख्याल राख्नुपर्छ । सबैभन्दा राम्रो तरिका के हुन सक्छ भने तापक्रम जाँचका लागि थर्ममिटरको प्रयोग गर्नुहोस् । पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

यो किन जरुरी छ ?
यदी खाना राम्रोसँग पाक्यो भने सबै प्रकारका सुक्ष्म जीव पूर्णपमा नस्ट हुन्छन् । रिसर्चबाट पनि ७० डिग्री सेल्सियन तापक्रममा पकाएको खाना खाँदा जीव संक्रमणको सम्भावना न्यून हुन्छ भने खाना खानका लागि लायक पनि हुन्छ । मासुको किमा तथा चिकन पकाउने समयमा विशेष ध्यान दिनुपर्छ ।

४) सुरक्षित तापक्रममा खानालाई सुरक्षित गर्नुहोस्
पाकिसकेको खाना कोठाको सामान्य तापक्रममा २ घण्टाभन्दा बढी समयका लागि नराख्नुहोस् । तयार भएको खाना खास गरी छिटो बिग्रने खानालाई फ्रिजमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुहोस् । खाना पस्कँनुभन्दा पहिले त्यसलाई कम्तीमा ६० डिग्री सेल्सियस तापक्रममा तताउनुहोस् । फ्रिजमा पनि खाना धेरे समयसम्मका लागि नराख्नुहोस् । फ्रोजन फूड अर्थात् जमेको खानालाई कोठाको सामान्य तापक्रममा पग्लिनका लागि छाडिदिनुहोस् ।

यो किन जरुरी छ ?
पाकेको खाना कोठाको सामान्य तापक्रममा राख्दा सुक्ष्मजीव तीव्र गतिमा विकास हुन सक्छन् । ५ डिग्री सेल्सियसभन्दा कम र ६० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा कि त सुक्ष्म जीवको विकास रोकिन्छ वा यो सुस्त हुन्छ । यद्यपि केही जीव यस्ता पनि हुन्छन् जुन ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा पनि विकसित हुन्छन् ।

५) सफा पानी तथा स्वच्छ भोजन सामग्री
स्व्च्छ पानीको प्रयोग गर्नुहोस । यदी त्यस्तो उपलब्ध हुन सकेन भने यसलाई सुरक्षित प्रयोग गर्न मिल्ने गरी सफला गर्नुहोस् । ताजा तथा पौष्टिक खाद्या सामग्रीको प्रयोग गर्नुहोस् । यस्तो भोजन छनोट गर्नुहोस जसबाट जसको सुरक्षित प्रोसेसिङ भएको होस् । फल तथा तरकारी खानु अगाडि राम्रोसँग धुनुहोस् । खानेकुराको मिति नसकिएको भएमा मात्रे प्रयोग गर्नुहोस् ।

यो किन जरुरी छ ?
पानी तथा बर्फ जस्ता चिजमा सुक्ष्म जीवन वा केही नोक्सान दिने तत्वहरु हुन्छन् । खराब तथा बासी खानामा विषयुक्त रसायनको विकास हुने खतरा हुन्छ । भोजन सामग्री छनोट गर्दा सचेत हुनु जरुरी हुन्छ । साथै त्यसलाई धुँदा वा बोक्रा छिल्दा सामान्य सुरक्षाका उपाय अपनाउनु जरुरी हुन्५ ताकी खतरालाई कम गर्न सकियोस् ।


क्लिकमान्डु