एक वर्षमा नेपालीको आम्दानी ८ हजार ७५० रुपैयाँले बढ्यो
काठमाडौं । एकवर्षको अवधीमा नेपालीहरुको आम्दानी ८ हजार ७५० रुपैयाँले बढेको छ ।
केन्द्रीय तथ्यांकले विभागले चालु आर्थिक वर्षमा नेपालीको औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷७५ मा नेपालीको आम्दानी १ लाख १७ हजार २६८ रुपैयाँ थियो ।
कुल ग्राहस्र्थ उत्पादन(जीडपी)को आधारमा हेर्दा एकजना नेपालीको वार्षिक औसत आम्दानी १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।