विश्लेषक भन्छन्- सुनको मूल्य प्रतितोला सवा लाख पुग्छ



मुलुकमा चैत ११ गतेदेखि लकडाउन कार्यान्वयनमा छ । बजार ठप्प छ । यस्तोमा बजारमा सुन चाँदीको कारोबार पनि ठप्प भएको छ ।

अन्तिम पटक चैत १० गते कारोबार हुँदा सुनको भाउ प्रति १ ग्राम ६६ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

विश्वभरी फैलिएको कोरोना भाइरसका कारण मानिसहरु यतिबेला सुनमा लगानी गर्न थालेका छन् । सेयर बजार घट्दो अवस्थामा रहँदा सुनमा लगानी भने बढेको छ । जसले गर्दा सुनको भाऊ लगातार बढिरहेको छ ।

अमेरिकाको सेक्युरिटिजको एनलाइसिस्टका अनुमानमा सन् २०२१ को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस ३ हजार डलर पुग्नेछ ।

३ हजार डलर अर्थात नेपाली रुपैयाँमा कन्भर्ट गर्ने हो भने यो मूल्य ३ लाख ६६ हजार ४०० रुपैयाँ हुन्छ । एक औसको तौल २८.३४ ग्राम हुन्छ ।

यस हिसाबमा एक ग्रामको मूल्य १२ हजार ७०० रुपैयाँ पर्न जान्छ । यस हिसाबले प्रति १० ग्राम सुनको मूल्य १ लाख २७ हजार रुपैयाँ पुग्न सक्ने आँकलन गरिएको छ । साथै एक तोलाको मूल्य १ लाख ३० हजार रुपैयाँभन्दा बढी हुन्छ । एक तोलामा ११.६६ ग्राम सुन हुन्छ ।

शुक्रबार भारतमा मल्टि कमोडिटी एक्सचेञ्जमा सुनको भाउ प्रति १० ग्राम ४६ हजार ७३१ भारु अर्थात् ७४ हजार ६९६मा कारोबार भएको थियो । यस्तोमा आगामी डेढ वर्षको अवधिमा ७५ प्रतिशतले सुनको भाउ बढ्ने अनुमान गरिएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औस १७२९.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

जबकी नेपालमा लकडाउन हुनुभन्दा अघि चैत १० गते अर्थात मार्च २३ तारिखमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औस १५६७ अमेरिकी डलर थियो । त्यसयता बजारमा सुनको मूल्यमा प्रतिऔस १६२ अमेरिकी डलरले भाऊ बढेको छ ।

यसबीच सबैभन्दा बढी गत अप्रिल १४ मा सुनको मूल्य प्रति औस १७५६ डलरसम्म पुगेको थियो ।

एक सुनका विशेषज्ञका अनुसार यतिबेला लगानीको सबैभन्दा राम्रो आकर्षण सुनमा देखिएको छ । विश्व बजारमा कच्चा तेलमा लगानीकर्ता घाटामा गइ रहेका बेलामा यतिबेला सम्पूर्ण लगानी सुनमा देखिएको छ । अमेरिकी बजारमा त तेलको मूल्य नकारात्मकमा समेत गइसकेको छ ।

बीओएफए सेक्ससनका अनुसार विश्वभरमा केन्द्रीय बैंक तथा सरकारले ब्यालेन्स सिट तथा फिस्कल डिफिसिटलाई दोब्बर गरेका छन् । यस्तोमा आगामी १८ महिनासम्म सुनको भाउ २ हजारदेखि ३ हजार अमेरिकी डलरसम्म पुग्ने देखिएको छ ।


क्लिकमान्डु