एभरेष्ट बैंकद्वारा सुदुरपश्चिम प्रदेशको कोरोना कोषमा ६ लाख सहयोग
काठमाडौं । एभरेष्ट बैंकले सुदुरपश्चिम प्रदेशले स्थापना गरेको कोरोना कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख सतिश प्रताप सिंह तथा धनगढी शाखाका शाखा प्रबन्धक चन्द्र बहादुर गरुङले सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ । त्यस अवसरमा मुख्यमन्त्रीले बैंकको सहयोगले कोरोना बिरुद्ध लड्न प्रदेशलाई थप सहयोग पुग्ने बताए ।
बैंकले आफनो सातै वटै प्रादेशिक कार्यालय मार्फत प्रत्येक प्रदेश सरकारलाई ६ लाखका दरले ४२ लाख रुपैयाँ र केन्द्रिय सरकारलाई ६० लाखसहित १ करोड २ लाख रुपैयाँ सहयोग गरेको छ ।