एनसेलको डेटा र एसएमएस सेवा अब लोन पाइने



काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबारबाट नयाँ योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेछ ख ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्व नै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमाआ फ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामापहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो ।

डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र २० रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्य ब्यालेन्स रहेको अवस्थामा पनि यो प्याकलोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।

आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवामात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र १० रुपैयाँ सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहनेछ ।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क श्वत काटिने छ । यस बाहेक अन्य शुल्कलाग्ने छैन ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नु भन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनुपर्दछ ।


क्लिकमान्डु