शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरण



काठमाडौं । शिवम् सिमेन्टले कोरोना भाइरसको अवस्थामा ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्य सहयोग गरेको छ । १० वटा आइसोलेसन बेड बनाउन समेत सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेनस बेड सहित सहित क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग गरेको जनाएको छ ।

केही दिन देखी देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ ।

लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरील बताए ।


क्लिकमान्डु