मेगा बैंकद्वारा प्रदेश नम्बर १ र २ लाई ५/५ लाख सहयोग



काठमाडौं । मेगा बैंकले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र २ लाई ५–५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकले प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाँको चेक हस्तान्तरण गरेका हुन् । त्यसैगरी मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु