इसेवाले भन्यो : हामीलाई नियोजित रुपमा खेद्न खोजियो



C

काठमाडौं । विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कामको विरुद्द इसेवाले खेद प्रकट गरेको छ ।

समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको र नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको इसेवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको जनाएको छ । सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा यहासम्म आइपुगेको इसेवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हो । इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको उल्लेख छ ।

इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको र कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरको जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन् । मुलुकको यस विषम परिस्थितीमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेका छौँ ।

विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गरेको छ ।


क्लिकमान्डु