लक्ष्मी बैंक १९ औं वर्षमा, सेवाग्राहीलाई सहुलियत सेवा दिन कटिबद्ध
काठमाडौं । लक्ष्मी बैंक १९ औं बर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनकाल देखी नै आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु सूचना प्रबिधिको प्रयोग गरी बिभिन्न डिजिटल माध्यमहरु मार्फत प्रवाह गर्दै आएको आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको छ ।
आगामी दिनमा पनि ग्राहक महानुभावहरुलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न डिजिटल बैकिङ्गलाई व्यापक एवं सुदृढ बनाउदै लैजाने प्रतिवद्धता जनाएको छ ।
अहिलेको असहज परिस्थितिकाबीच आधारभुत तथा अत्यावश्यक बैंकिंङ्ग सेवा सुचारु रहेको र यसलाई निरन्तरता दिने जनाएको छ ।
आफ्ना ग्राहकहरुको वित्तीय हितलाई ध्यानमा राखी अर्थतन्त्रमा पर्ने दूरगामी असरलाई न्युनिकरण गर्न आवश्यक सेवा, सहयोग एवं सहुलियत प्रदान गर्न यस बैंक कटिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।