बढी मूल्य लिने सेल्स बेरी डिपार्टमेन्ट स्टोर्सलाई २ लाख जरिवाना



काठमाडौं । तोकिएको भन्दा बढी मूल्यमा सामान बिक्री गर्ने सेल्सबेरी डिपार्टमेन्ट स्टोर्सलाई वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । स्टोर्सलाई विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

जावलाखेलमा रहेको स्टोर्सले चामलको बोरामा बढी मूल्य लिएको पाइएपछि जरिवाना तिराएको हो । बढी मूल्य लिएको गुनासो आएपछि स्टोर्सलाई कारबाही गरिएको विभागका सहायक प्रवक्ता दीपकराज पोखरेलले जानकारी दिए ।

स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो ।


क्लिकमान्डु