कोरोनाको कारण विद्युतीय भुक्तानीको सीमा बढ्यो, कुन कारोबारमा कति(सूचि)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै भुक्तानीको सीमा बढाएको हो ।
अब मोबाइल बैंकिङ क्युआर कोड मार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिने छ । मासिक सीमा १० लाख छ । इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टका लागि १० लाख छ जसमा महिनामा ३० लाखको सीमा तोकिएको छ । इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख छ ।
वालेट मार्फत गरिने कारोबारमा ऐजेन्ट वा सव ऐजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख,बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार,दैनिक १ लाख र मासिक ५ लाखको सीमा राखिएको छ । वालेटबाट अन्य बैंक खातामा एक पटकमा २५ हजार,एकदिनमा १ लाख र महिनामा ५ लाख छ । एक वालेटबाट अर्को वालेटमा एउटा कारोबारमा २५ हजार,दैनिक १ लाख र मासिक ५ लाखको सीमा तोएिको छ ।