सरकारी छात्रवृत्रिमा मेडिकल पढ्ने विद्यार्थीलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाइने
काठमाडौं । सरकारले सरकारी छावृत्रिमा अध्ययन गरेका एमडी÷एमएस तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार लेखेको पत्रमा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागि सबै प्रदेश अन्तर्गतका एमबीबीएस वा सो सरहर शैक्षिक योग्यता भएका वरिष्ठ चिकित्सक,, मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई उपचारमा खटाउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा पत्र लेख्दै उक्त निर्देशन दिएको हो । मन्त्रालयले न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्न निर्देशन दिएको छ ।