सेञ्चुरी बैंकको साधारणसभा स्थगित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नवौं साधारणसभा स्थगित भएको छ । बैंकले चैत १४ गते गर्ने भनेको साधारणसभा अहिलेको लागि स्थगित भएको जनाएको छ ।

चैत ६ गते बसेको बैंकको सन्चालक समितिको बैठकले अहिले बिश्वभर फैलिएको कोरोना भाइरसको कारण स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले एक ठाँउमा २५ जना भन्दा बढी मान्छे  भेला नहुनु भन्ने निर्देशन दिएको हुँदा सरकारको सोही निर्णयलाई मान्दै अर्को सूचना जारी नभएसम्मको लागि साधारणसभा स्थगित गर्ने जनाएको छ ।


क्लिकमान्डु